वर्षा र हिमपातको सम्भावना

म‌गलबार देशका उच्च पहाडी भेगका केही ठाउँमा हल्का वर्षा र हिमपात हुने सम्भावना छ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको विहार क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको सामान्य प्रभावका कारण मौसम बदली हुँदा नेपालका उच्च पहाडी भेगमा हल्का वर्षा र हिमपातको सम्भावना छ। 

महाशाखाले प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको जनाएको छ। प्रदेश १ का केही स्थानमा हल्का वर्षाको पनि अनुमान गरिएको छ। बाँकी ठाउँमा मौसम सामान्यतया सफा रहनेछ 

हाल तराईका केही ठाउँमा हुस्सु र कुहिरो लागिरहेको छ।

समाचार समाज