बुद्ध एयरका अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको निधन

काठमाडौ । निजी क्षेत्रको अग्रणी विमान कम्पनी बुद्ध एयर प्राइभेट लिमिटेडका अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको आइतबार बिहान ९३ वर्षको उमेरमा निधन भएको छ।भोजपुरको दिंगलास्थित साल्मामा जन्मिएका बस्नेतले भारतको बनारसबाट एमएलएलबीसम्मको अध्ययन गरेका थिए।

बस्नेत नेपाल बार एसोसिएसनको संस्थापक सदस्य, सर्वोच्च अदालतको न्यायाधीश, नेपाल निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्त, कानुन, न्याय तथा शिक्षा मन्त्री, अर्थ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री र नेपाल प्रेस काउन्सिलको संस्थापक अध्यक्षसमेत हुन्।

समाचार समाज