पुरा भएन इन्द्र बानीयाँको मुख्यमन्त्री बन्ने सपना

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीको करिब नजिक रहँदा रहँदै केन्द्रीय राजनीतिमा आएको उलटफेरले कांग्रेस बागमती प्रदेशका अध्यक्ष इन्द्रबहादुर बानीयाँको तत्कालको लागि मुख्यमन्त्री बन्द भएको छ ।
नेकपा एमाले सरकार ढालेर देशैभर निर्माण भएको पाँच दलीय गठवन्धन एक्कासी भत्कीएपछि प्रदेशको पहिलो दलको हैसियतमा रहेको नेपाली कांग्रेस सत्ता विमुख हुनपुग्दा बानीयाँको मुख्यमन्त्री बन्ने सपना सपनामानै सिमित बन्न पुग्यो ।

२०७४ को प्रतिनिधिसभा निर्वाचन लड्न चाहेका बानीयाँको क्षेत्रमा कांग्रेसले कमल थापालाई टिकट दिएपछि गृह क्षेत्र छाडेर मकवानपुर–२ को २ बाट प्रदेशसभामा विजयी भएका बानीयाँलाई त्यो समय बाम गठवन्धनको बहुमतले मुख्यमन्त्री हुन रोकेको थियो । तर करिब ४७ महिनापछि नेकपामा आएको टकराबले निर्माण भएको पाँच दलीय गठवन्धको समयमा बानीयाँ बागमतीमा आफ्नो नेतृत्व होस भन्ने चाहान्थे । तर केन्द्रीय भागवण्डामा बागमती प्रदेश नेकपा एकिकृत समाजवादीको भागमा परेपछि बानीयाँको मुख्यमन्त्री बन्ने संभावना करिब सकिएको थियो । तर उनले समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेसँग आधा–आधा कार्यकाल मुख्यमन्त्री सञ्चालन गर्ने लिखित सहमती गरेर पाँच वर्षे कार्यकालको अन्तिम चार–पाँच महिना मुख्यमन्त्री बन्ने संभावनालाई भने कायम गरेका थिए । तर केन्द्रीय राजनीति, र आम निर्वाचनमा गठवन्धन विग्रने डरले कुनै पनि प्रदेशमा सरकार हेरफेर नहुँदा बानीयाँ पुनः मुख्यमन्त्रीको कुर्सीमा पुग्न असफल रहे ।

पाँच दलीय गठवन्धनले आम निर्वाचन २०७९ मा बहुमत ल्यायो र सातै प्रदेशमा आरामदायी बहुमत सहित सरकार बनाउने तयारीमा लाग्यो । बानीयाँ पनि पुस १३ गते हेटौँडामा दलको नेताको निर्वाचन गरेर आफु दलको नेता निर्वाचित हुँदै मुख्यमन्त्री बन्ने लाईनमा थिए । तर पुस १० गते पाँच दलीय गठवन्धन टुटेपछि एमाले–माओवादी सहित ७ दलीय गठवन्धन निर्माण भएसँगै उनको मुख्यमन्त्री हुने संभावना तेश्रो पटक पनि पुरा भएन् । गएको पाँच वर्षको कार्यकालमा दुई पटक र यो कार्यकालमा एक पटक गरि तीन पटक मुख्यमन्त्री हुनबाट बानीयाँ रोकिए । अर्थात उनको मुख्यमन्त्री हुने सपना केबल सपनामा सिमित हुनपुग्यो ।

राजनीति समाचार