बकैया-५ स्थित धरान–चतरा सडकमा ट्रक र मोटरसाईकल दुर्घटना , तिनजनाको अवस्था गम्भिर

हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका वडा नंबर ५ स्थित धरान–चतरा सडकमा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलमा सबार दुईजना तथा ट्रकमा सबार एक गरि तीनको अवस्था गम्भिर रहेको छ ।शुक्रबार बिहान भएको दुर्घटनामा ट्रक चालक पनि घाईते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

हेटौँडाबाट फापरबाीतर्फ जाँदै गरेको ना ७ ख १३५२ नंबरको सिमेन्ट लोड गरेको ट्रकले सोहि दिशातर्फ जाँदै गरेको ना २२ प ९९७७ नंबरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलमा सबार हेटौँडा –१८ का ३० वर्षीय विक्रम भोम्जन, ३५ वर्षीय हिरामाया लोप्चन तथा ट्रकमा सबार २०–२५ वर्षका नाम नखुलेका पुरुष गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले बताएका छन् ।

ट्रक चालक निजगढ–९ का सुर्य बहादुर घिमिरे पनि घाईते रहेको र सबै घाईतेको हेटौँडा ११ मा रहेको चुरेहिल अस्पतालमा उपचार भैरहेको डिएसपी कार्कीले बताए ।-khabarbreak

समाज