हेटौंडा बसपार्कको डान्सबारमा सञ्चालकसहित ३ जना कुटिए, ४ जना पक्राउ

हेटौंडा । मकवानपुरको हेटौंडा-१० ठूलो बसपार्क स्थित एक डान्सबारमा कुटपिट हुँदा डान्सबार सञ्चालकसहित ३ जना घाइते भएका छन् ।डान्सबारमा मादक पदार्थ सेवन गरेर केही युवाहरुले चक्कु प्रहार गर्दा डान्सबार सञ्चालक सहित तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।घाइते हुनेहरुमा डान्सबार सञ्चालक हेटौंडा-१ बस्ने ४० वर्षीय संजय लामा, डान्सबारमा काम गर्ने हेटौंडा-४ बस्ने विजय कुमार मोक्तान र २८ वर्षीय रोशन श्रेष्ठ घाइते भएका छन् ।

सञ्चालक लामाको निधारमा चोट लाग्दा ५ वटा टाका लगाइएको छ भने मोक्तानको नाक र ओठमा चोट लाग्दा १७ वटा टाका लगाएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । हाल उनीहरुको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

उनीहरुले मादक पदार्थ सेवन गरेर डान्सबारमा बिल तिर्ने क्रममा झगडा गर्दा कुटपिट र चक्कु प्रहारको घटना भएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।-khabarbreak

समाज