म्याद गुज्रेको पेन्ट्सको मिति मेटेर विक्री गरेको पुष्टि भएपछि एसियन पेन्ट्सलाई तीन लाख जरिवाना

म्याद गुज्रेको पेन्ट्सको मिति मेटेर विक्री गरेको पुष्टि भएपछि एसियन पेन्ट्सलाई तीन लाख जरिवाना भएको छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोलीले काठमाडौँ, सतुङ्गलस्थित एसियन पेन्ट्सको गोदामबाट म्याद गुज्रेका चार हजार ९ सय ६३ थान र रिलेबलिङ गरेका दुई हजार ६ सय ९ थान गरी एक करोड बराबरको एसियन ब्रान्डका पेन्ट्स जफत गरेको थियो।

अनुसन्धानमा आर्भिक इन्टरनेसनल कम्पनीसमेतको मिलेमतोमा म्याद गुज्रिएको घातक पेन्ट विक्री गरेको देखिएपछि विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ मा भएको व्यवस्थाअनुसार एसियन पेन्ट्स र आर्भिकलाई तीन/तीन लाख रुपियाँ जरिवाना गरेको थियो।

समाचार समाज