आरआर क्याम्पसमा खुकुरी प्रहार गर्ने तीन विद्यार्थी निष्कासन

रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) ले हिंसात्मक गतिविधिमा संलग्न रहेको भन्दै तीन विद्यार्थीलाई निष्कासन गरेको छ।यही पुस १३ गते बिहान कक्षा सञ्चालन भइरहेको समयमा खुकुरी प्रहार गर्ने कृष्ण गिरी, सवीन निरौला र जलप तामाङलाई क्याम्पसबाट निष्कासन गरिएको क्याम्पस प्रमुख प्रा.डा.जीवनधर ज्ञवालीले जानकारी दिएका हुन्।

आन्तरिक विवादका कारण खुकुरी प्रहारबाट अनेरास्ववियु आरआरका अध्यक्ष मदन भण्डारी, उपाध्यक्ष लोकेश्वर खड्का तथा अन्य विद्यार्थीपवन खड्का र हर्क बोहरा घाइते भएका थिए। 

शिक्षा समाचार