पेन्सन खुवाउन पनि नसक्ने अवस्थामा त्रिभुवन विश्वविद्यालय

सरकारले पर्याप्त बजेट उपलब्ध नगराउँदा मुलुकको पहिलो विश्वविद्यालयले आर्थिक अभाव बेहोर्नु परेको छ। बजेट नहुँदा त्रिभुवन विश्वविद्यालयले अवकाशप्राप्त प्राध्यापक र कर्मचारीलाई साउनयता पेन्सन खुवाउन सकेको छैन। 

विश्वविद्यालय अलुम्नाई एसोसिएसनको चौथो राष्ट्रिय सम्मेलनमा विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. पेशल दाहालले पेन्सन खुवाउन नसकेको बताए।विश्वविद्यालयले १० अर्ब तलब र भत्ता तथा चार अर्ब पेन्सनमा खर्च गर्दै आएको उनले जानकारी दिए। 

गत आर्थिक वर्षमा रू २८ अर्ब बजेट विश्वविद्यालय सभाबाट पारित गरेको थियो भने सरकारले नौ अर्ब बजेट दिएको थियो। 

विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाले विश्वविद्यालयमा १६ हजार ६५ जना शिक्षक र कर्मचारीको दरबन्दी रहेकोमा सरकारले १३ हजार जनाका लागि मात्रै तलब भत्ता पठाउने गरेको बताए। 

शिक्षा समाचार