हेटौंडा उपमहानगरको दुई परिवारलाई सहयोग

हेटौंडा। हेटौंडा उपमहानगरपालिकाले एक परिवारलाई सिलाई कटाई मेसिन र एक युवतीलाई साइकल सहयोग गरेको छ।दैनिक जिवनयापनमा समस्या व्यहोर्दै आएका परिवारलाई उपमहानगरपालिकाले सिलाई मेसिन हस्तान्तरण गरेको हो ।

हेटौंडा उपमहानगरपालिका–४ मा रहेर सिलाई कटाईको काम गर्दै दैनिक जिवनयापन गरिरहेका लादरसिं परियारलाई अनुदान स्वरुप सिलाई मेसिन हस्तान्तरण गरिएको उपमहानगरपालिका प्रवक्ता सविन न्यौपानेले बताए।करिब १२ हजार रुपियाँ बराबरको मेसिन हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामाले परियारलाई मंगलबार दिउसो हस्तान्तरण गरेकी छिन्।

त्यसैगरी उपमहानगरले अध्ययनका लागि आर्थिक अवस्था कमजोर भएको र  आवतजावत गर्न कठिन  भन्दै हेटौंडा–१५ कि छात्रा सुमिना पाख्रिनलाई साईकल हस्तान्तरण गरेको छ ।उच्च शिक्षा अध्ययनको लागि हेटौंडा आउँने र हेटौैंडा ४ स्थित एक पसलमा कार्यरत उनलाई यात्राको सहजताका लागि हेटौंडा उपमहानगरपालिकी मेयर मिना कुमारी लामाले पाख्रिनलाई साइकल हस्तान्तरण गरेको प्रवक्ता न्यौपानेले बताए।-prastakhabar

समाचार समाज