सन्दीपले जिल्ला अदालतमा बुझाए २० लाख धरौटी

नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेले २० लाख धरौटी बुझाएका छन्।  उच्च अदालत पाटनले बलात्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई २० लाख धरौटी बुझाएर थुनामुक्त गर्न दिएको आदेशको पत्र जिल्ला अदालत काठमाडौँ आइपुगे पछि उनलाई जिल्ला अदातल लगिएको थियो।  उनले अदालतमा २० लाख धरौटी बुझाएका हुन्।

खेलकुद समाज