‘दुर्घटना नदोहोरिने सुनिश्चिततासहित सरकारले काम गरोस्’

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता एवं सांसद डा. प्रकाशशरण महतले छानबिन समितिको निष्कर्षलाई आम सर्वसाधारणको पहुँचबाट टाढै राख्ने परिस्थितिको अन्त्य हुनुपर्ने बताएका छन्।उनले आइतबार काठमाडौंबाट पोखराका लागि उडेको विमान दुर्घटना भएकोप्रति दुःख व्यक्त गर्दै यस्ता घटनाहरु पटकपटक दोहोरिरहेको भन्दै जाँचबुझका लागि गठन गरेको समितिले बुझाएको प्रतिवेदनको पूर्ण कार्यान्वयन हुनुपर्नेमा जोड दिए।

उनले समितिले बुझाएका प्रतिवेदनहरुको सही कार्यान्वयन हुन नसक्दा यस्ता घटनाहरुको पुनरावृत्ति भइरहेको बताए। प्रवक्ता महतले अहिलेसम्म भएका विमान दुर्घटना किन भए भन्ने जाँचबुझ समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न आवश्यक रहेको बताए।उनले जाँचबुझ समितिले बुझाएको प्रतिवेदनका आधारमा दुर्घटना दोहोरिन नदिन यथेष्ठ उपाय खोज्नुपर्ने बताए। उनले जाँचबुझ समितिले बुझाएको प्रतिवेदनको कार्यान्वयन गरेर अघि नबढ्ने हो भने अन्तर्राष्ट्रिय जगतमा नै नेपाल हवाई यातायातको क्षेत्रमा अत्यन्त जोखिमयुक्त देश बन्ने सन्देश प्रवाह हुने बताए।प्रवक्ता महतले सरकारले दुर्घटनाको विषयलाई गम्भीरताका साथ लिएर नदोहोरिने सुनिश्चितता मुखले नभई कामबाट नै गर्ने कुरामा सरकार र सम्बन्धित निकाय लाग्नुपर्ने बताए।

उनले भने, ‘विमान दुर्घटनाले हामी सबैको मन मस्तिष्कलाई हल्लाएको छ। अत्यन्त पीडा दिएको छ। यस्तो घटनाहरु पटकपटक दोहोरिरहेका छन्। यो अवस्थामा यो विषयलाई हरेक पटक घटना हुन्छ, त्यसपछि हामीले एउटा छानबिन समिति बनाउँछौँ, छानबिन समितिको निस्कर्ष के निस्किन्छ, त्यसको अत्तोपत्तो कसैले पाउँदैन। यो परिस्थितिको अन्त्य गर्नुपर्छ’ उनले थपे, ‘यस्तो दुर्घटन पटकपटक नदोरियोस्। त्यो नदोहोरिने सुनिश्चिाता मुखले नभई कामबाटै सरकार र सम्बन्धित निकाय लागोस् भन्ने चाहन्छौँ।’आइतबार काठमाडौंबाट पोखरा उडेको यती एयरलाइन्सको कल साइन नाइनएन एएनसी फ्लाइट नम्बर ६९१ एटीआर ७२ जहाज करिब ११ बजेको आसपासमा पोखरा विमानस्थलबाट २ किलोमिटरको नजिकमा सेती नदीको खोचमा दुर्घटनाग्रस्त भएको थियो।

दुर्घटनामा परी जहाजमा सवार ६८ यात्रु र चालक दलका ४ जना सबैको निधन भएको छ। अझै केही शव भने खोज्ने क्रम जारी छ।

राजनीति समाचार