वर्षमान पुनलाई भेट्न उपराष्ट्रपति नन्दबहादुर पुन पुगे सुमेरु अस्पताल

स्वास्थ्यमा समस्या देखिएपछि केही दिनदेखि ललितपुरस्थित सुमेरु अस्पतालमा उपचाररत पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन उपराष्ट्रपति  त्यहाँ पुगेका हुन्। त्यस्तै उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलल पनि उनलाई भेट्न अस्पताल पुगे। 

हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि अस्पताल पुगेर भेटेका थिए।  स्वास्थ्यमा समस्या देखिएपछि पुनलाई गत पुस ३० गते रोल्पाबाट हेलिकोप्टर चार्टर गरी ललितपुरको सुमेरु अस्पताल ल्याएर उपचार थालिएको छ। 

नेता पुन मंसिर ४ को चुनावलगत्तै चीनबाट उपचार गरेर नेपाल फर्किएका छन्। उनी वंशाणुगत जण्डिसबाट पीडित छन्।

समाचार