सभामुख र उपभामुखको उम्मेदवारीमा कांग्रेसलाई प्रधानमन्त्रीकै भर

नेपाली कांग्रेसले सभामुख र उपसभामुखमा उम्मेदवारी दिने विषयमा अनिर्णित बनेको छ। 

आज विहान सभापति शेरबहादुर देउवा निवासमा बसेको पार्टीको पदाधिकारी बैठकले सभामुख र उपसभामुख पदमा उम्मेदवारी दिने वा नदिने बारे कांग्रेसले कुनै निर्णय गर्न नसकेको हो। कांग्रेसले अन्य दलहरूको पनि समर्थन लिने प्रयास जारी राखेको छ। 

पार्टीको पदाधिकारी बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रवक्ता डा. प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी, एकीकृत समाजवदाी पार्टीलगायतका दलहरूसँग कुराकानी भइरहेकाले  अबको केही घण्टामा अन्तिम निष्कर्षमा पुग्न नसकेको बताए। 

‘प्रधानमन्त्रीले केही समय अन्तिम कुराकानी गर्छु भन्नुभएको छ। अन्य दलहरूसँग पनि सहकार्य गरेर यो विषयमा टुंगो लगाउँछौं,’ डा. महतले भने। 

आज बिहान नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवले सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए। एमालेले सांसद देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ।  

राजनीति समाचार