सभामुखमा मेरो जित निश्चित छ : घिमिरे

नेकपा एमालेका सांसद एवं नेकपा एमालेबाट सभामुखका उम्मेदवार देवराज घिमिरेले सभामुखमा आफ्नो जित निश्चित रहेको बताएका छन्।

बुधबार संसद् सचिवालय नयाँ बानेश्वरमा प्रतिनिधिसभाका लागि सभामुखको उम्मेदवारी दर्ता गराइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

उनले विगतमा भएका कमजोरीबाट सिकेर आगामी दिनमा सभामुखको भूमिका निभाउने बताए। उनले आफू निर्वाचित भइसकेपछि सांसदहरुलाई सहमतिका साथ अघि बढाउनेसमेत बताए।

उनले सभामुख कुनै एक दलबाट मात्र नभई सिंगो प्रतिनिधिसभाबाट चुनिएर जाने भएकाले सभामुखले खेल्ने भूमिकामा कमी नदिने गरी कार्य सम्पादन गर्ने बताए।

सत्तारूढ दलहरुको साझा उम्मेदवार रहका उनलाई एमाले उपाध्यक्ष एवम् पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले सभामुख पदका लागि प्रस्ताव गरेका छन् भने नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे, गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले समर्थन गरका छन्।

प्रतिनिधि सभामा समामुखको निर्वाचन माग ५ गते (भोलि) हुँदैछ। एमाले स्थायी कमिटी सदस्य घिमिरे पहिलोपटक झापा क्षेत्र नम्बर 

नम्बर २ का प्रतिनिधि सभामा निर्वाचित भएका हुन्। हाल एमाले प्रदेश १ को पार्टी इन्चार्जको भूमिकामा रहेका उनी २०५६ सालमै राष्ट्रियसभाको सांसद भएका थिए।

राजनीति समाचार