हत्या अभियोग लागेका सांसदलाई पक्राउ गर्न गृहमन्त्रीको ध्यानाकर्षण

प्रतिनिधिसभाको आजको बैठकमा हत्या अभियोग लागेका सांसदलाई पक्राउ गरी सभामुख निर्वाचनमा मतदान गर्न नदिन गृहमन्त्री रवि लामिछानेको ध्यानाकर्षण गराइएको छ।

बिहीबारको संसद् बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले हत्या अभियोग लागेका सांसदलाई पक्राउ गर्न गृहमन्त्रीको ध्यानकर्षण गराएका हुन्।

सांसद खतिवडाले भने, ‘आजको यस सदनमा हत्याको आरोप लागेका सांसद पनि सहभागी भएको भन्ने कुरा सुन्नमा आएको छ। हामी उहाँलाई चिन्दैनौँ गृहमन्त्रीको म ध्यानाकर्षण गराउन चाहन्छु, यदि उहाँ यहाँ सहभागी हो भने तुरुन्त पक्राउ गरी मतदान प्रक्रियामा मतदान गर्न रोकियोस्।’

नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीमाथि हत्या आरोपको मुद्दा अदालतमा विचारधीन छ। उनी महोत्तरी १ बाट निर्वाचित भएका हुन्।

राजनीति समाचार