ऋचालाई अष्ट्रेलियामा उत्कृष्ट अभिनेत्रीको अवार्ड

अभिनेत्री ऋचा शर्माले अष्ट्रेलियाको प्रतिष्ठित ‘टाइटन फिल्म फेस्टिभल’ मा उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारेकी छिन्। सिड्नीमा आयोजना भएको फेस्टिभलमा उनलाई अवार्ड प्रदान गरिएको हो।  ऋचाले सर्ट फिल्म ‘ब्लड मनी’बाट यो अवार्ड जितेकी हुन्। फिल्ममा उनले​ साउदी अरबमा अपराधको कसुरमा जेल सजाय भोगिरहेका व्यक्तिको श्रीमतीको भूमिका  निर्वाह गरेकी छिन्। फिल्ममा अभिनेत्री मिथिला शर्माले आमा र अशोक तिमल्सिनाले पतिको भूमिका निर्वाह गरेका छन्। यसका लेखक तथा निर्देशक पनि तिमल्सिना नै हुन्।

१०० भन्दा बढी देशका फिल्मबीच भएको प्रतिस्पर्धामा ‘ब्लड मनी’ले सिङ्गापुरको ओल्ड फिल्म कार्निभल, ह्वाइट पिलर इन्टरनेसनल फिल्म फेस्टिभल, अथ्विक वारुणी इन्टरनेसनल फिल्म फेस्टिभलमा ‘बेस्ट फिल्म अफ द इयर’को अवार्ड जितिसकेको छ। 

२८ मिनेटको फिल्ममा सौरभ पौडेल, पारस तिमल्सिना, विराज पराजुलीको पनि अभिनय छ। यो फिल्म ओएसआर डिजिटलको युट्युब च्यानलमा सार्वजनिक भइसकेको छ।   

मनोरञ्जन समाचार