मकवानपुरमा घाँस झार्ने क्रममा रुखबाट लडेर एकको मृत्यु

हेटौंडा – मकवानपुरमा घाँस झार्ने क्रममा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बागमती गाउँपालिका–१ बोट गाउ लालभित् बस्ने ५५ वर्षीय सन्तबिर सिंतान रहेका छन् ।

सिंतान बिहिबार घर नजिक बारीमा रहेको असनको रुखमा चढेर घाँस झार्ने क्रममा लडेर गम्भीर घाइते भएका थिए । उनको हेटौंडा अस्पताल ल्याएकोमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

समाज