नागरिकता प्राप्तिका लागि जिल्ला प्रशासन कार्यालय जाँदै रवि लामिछाने

निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र पुनःप्राप्तिका लागि आज जिल्ला प्रशासन कार्यालय जाने भएका छन्। उनी आइतबार विहान कार्यालय खुलेसँगै बबरमहलस्थित काठमाडौं जिल्ला प्रशासन कार्यालय जाने उनका सहयोगीले बताएका छन्। 

योसँगै, उनको सांसद पद खारेज भएको थियो। सांसद पदसँगै उनले उपप्रधान तथा गृहमन्त्री र पार्टी सभापतिको पद गुमाएका थिए। 

राजनीति समाचार