अखिल क्रान्तिकारीले सुरु गर्यो स्ववियु कार्यशाला

 अखिल क्रान्तिकारीले स्ववियु चुनाव सम्बन्धी कार्यशाला सम्पन्न गरेको छ । केन्द्रीय समितिको निर्णयअनुसार उपत्यका विशेष प्रदेश समितिले शनिबार काठमाडौँमा कार्यशाला सम्पन्न भएको हो । कार्यक्रममा अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष तथा नेकपा माओवादी केन्द्रका पोलिट्ब्यूरो सदस्य हिमाल शर्माको प्रमुख अतिथि र संगठनका अध्यक्ष पञ्चा सिंहको विशेष रहनुभएको थियो ।


कार्यक्रमलाई सम्बोधान गर्दै शर्माले स्ववियुमा उमेर हद अखिल क्रान्तिकारीको नेतृत्वमा लागेको बताउनुभयो । एकढिका भएर स्ववियु चुनावमा होमिन सम्पूर्ण नेता कार्यकताहरुलाई निर्देशन समेत दिनुभयो । उहाँले अखिल क्रान्तिकारीभित्र देखा परेका अराजनीतिक गतिविधिहरुलाई स्थान दिन नहुने समेत बताउनुभयो । संगठनका अध्यक्ष सिंहले आफूहरुको सम्पूर्ण ध्यान स्ववियु चुनाव केन्द्रीत रहेको बताउँदै केन्द्रीय परिपत्रअनुसार सम्पूर्ण शक्ति क्याम्पसहरुमा केन्द्रीत गरेर अगाडि बढ्न निर्देशन दिनुभयो।


समाचार