राष्ट्रिय विभूति वीर बलभद्र कुँवरको २३३औँ जन्म जयन्ती,देशभर विभिन्न कार्यक्रम गरि मनाईंदै

राष्ट्रिय विभूति वीर बलभद्र कुँवरको २३३औँ जन्म जयन्तीको अवसरमा देशभर विभिन्न कार्यक्रम गरि मनाईंदै छ । आज काठमाडौको टेकु स्थित राष्ट्रिय विभूति वीर बलभद्र कुँवरको २३३ औं जन्मजयन्तीको अवसरमा कुँवर समाज नेपालका प्रतिनिधिहरूको उपस्थितिमा कुँवरको सालिकमा माल्यार्पण गरि सम्झना गरियाे ।


वीर बलभद्र कुँबरको जन्मजयन्तीकाे अवसरमा देशभरि नै छरिएर रहेका कुँवरहरुले उहाँको सम्झनामा विभिन्न कार्यक्रम गरि मनाउँदै छन् ।



नेपाल आमाका वीर सपूत तथा नालापानी युद्धका नायक हाम्रा राष्ट्रिय विभूति वीर बलभद्र कुँवरको जन्म वि.स. १८४६ माघको १७ गते तथा इ .स १७९० जनवरी ३० का दिन काठमाण्डौँको प्याफल टोलमा बुवा चन्द्र वीर कुँवर र आमा अम्बिका देवी कुँवरको कोखबाट भएकाे थियाे ।


बलभद्र कुँवरको बाल्यकाल काठमाण्डौँ भक्तपुको इछाला टोल हुँदै पछि पूर्व १ नम्वर काभ्रेपलानञ्चोकको भमरकोट मै लामो समय बिताउनु परेको थियो । बाबु चँन्दकुवार नेपाली सेनाको सिहनाथ पल्टनको सेनापति भएकाले पूर्व नाकाको सुरक्षा गर्न भमरकोटमा छाउनी खडा गरि बसेका थिए । काठमाण्डौदेखि भमरकोटमा जाँदा बलभद्र कुँवरको उमेर १२ र १३ बर्षको थियो ।


वि.स १८६३ मा सेनामा भर्ना भएर वि.स १८७१ साल चैत्र ३ गते अफगानिस्तानकाे पेसावार पाटको हसन नदी किनारमा पँजाबको गोर्खाली सेना र अफन विद्रोही बीच घमासान युद्धमा अदम्य सहास र बहादुरी पुर्वक लडिरहेका बेला विद्रोही सेनाले निशाना लगाई हानेको गोलीले दुर्भाग्यवश सेनापति वीर बलभद्र कुँवरको छाती छेड्यो । तत्काल उनले रणभूमिमा नै विरगती प्राप्त गरे । उहाँकाे सहास र बहादुरीलाइ देखेर दुश्मनले पनि सम्मानित गरेका थिए र नेपाल सरकारले पनि राष्ट्रिय विभूति पदले सम्मानित गरेकाे थियाे ।

समाचार