गृह मन्त्रालयबारे प्रधानमन्त्रीले निर्णय दिनुभएको छैन : मनिष झा

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले गृह मन्त्रालयबारे अहिलेसम्म कुनै निर्णय नदिएका बताएका छन्। 

पार्टी कार्यालय बसुन्धारामा पत्रकारहरुसँग कुरा गर्दै झाले अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र आफूहरुले पनि तर्क मात्रै गरिरहेका बताए। 

‘प्रधानमन्त्रीले अहिलेसम्म कुनै निष्कर्ष दिनुभएको छैन। राजनीति यति हल्का छैन।’ उनले भने, ‘हामीले के निर्णय गर्छाैं भन्ने त एकछिनमा आइहाल्छ।’

सरकारमा रहिरहने कि बाहिरिने भन्ने विषयमा निर्णय गर्ने रास्वापले अहिले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ।

राजनीति समाचार