यस्तो छ आजको मौसम

देशका केही भू–भागमा आंशिक बदली छ। तराईका केही क्षेत्रमा अहिले हुस्सु र कुहिरो लागिरहेको छ। बाँकी ठाउँमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

मंगलबार दिउँसो पनि काठमाडौं उपत्यकासहित देशका उच्च पहाडी तथा हिमाली भेगमा आंशिक बदली रहने मौसमविद् वरुण पौडेलले जानकारी दिए। प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ। 

मौसमविद् पौडेलका अनुसार बिहान काठमाडौंको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस मापन भएको छ। 

समाज