१३ सय रुपैयाँले घट्यो सुन

साताको अन्तिम दिन आज शुक्रबार सुनको मूल्य घटेको छ ।

शुक्रबार छापावाल सुनको मूल्य १३ सयले घटेर प्रतितोला १ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी आज तेजाबी सुन प्रतितोला १ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी ३० रुपैयाँले घटेर प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अर्थ