शिक्षक संघ मकवानपुरको नवौ अधिवेशन सुरु

हेटौंडा। नेपाल शिक्षक संघ मकवानपुरको नवौ जिल्ला अधिवेशन सुरु भएको छ।

हेटौंडा-५ स्थित जय गणेश पार्टी प्यालेसमा सुरु भएको नवौ जिल्ला अधिवेशनको कांग्रेस बागमती प्रदेश सभापति तथा बागमती प्रदेश सदस्य ईन्द्रबहादुर बानियाँले उदघाटन गरेका छन्। शिक्षक संघ मकवानपुर अध्यक्ष रामकुमार अधिकारीको सभाध्यक्षतामा सुरु भएको उदघाटन कार्यक्रममा शिक्षक संघ केन्द्रीय उपाध्यक्ष भरत लम्साल, महासचिव लक्ष्मीकिशोर  सुवेदी र उपमहासचिव सुन्दर पन्तको विशिष्ट आतिथ्यता रहेको थियो। 

दुई दिन सम्म चल्ने अधिवेशनले ४ बर्षीय कार्यकालका लागी नयाँ नेतृत्व चयन गर्नेछ।  अधिवेशनमा मकवानपुरभरका शिक्षक संघका अवरुद्ध १४ सय   शिक्षकहरूको प्रतिनिधित्व रहेको छ।

समाचार