चिकित्सक संघका प्रतिनिधि र सरकारी टोलीबीच सिंहदबारबारमा वार्ता जारी

आइतबार देशभरका अस्पतालको आकस्मिक बाहेकका सेवा नदिने घोषणा गरी आन्दोलन गरेको नेपाल चिकित्सक संघ र सरकारबीच बिहान ८ बजे देखि सिंहदबारस्थित प्रधानमन्त्री कार्यालयमा सरकार र चिकित्सक संघका प्रतिनिधिबीच वार्ता चलिरहेको छ।

वार्तामा चिकित्सक संघका प्रतिनिधि तर्फबाट अध्यक्ष डा लोचन कार्की महासचिव डा बद्री रिजाल, डा प्रकाश बुढाथोकी, ट्रमा सेन्टरका निर्देशक डा रुद्र मरासिनी, संघका पूर्वअध्यक्ष डा मुक्तिराम श्रेष्ठ सहभागी रहेका छन भने सरकारका तर्फबाट  प्रधानमन्त्री कार्यालयका सचिव गणेश पाण्डे, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलल र गृह मन्त्रालयका सचिव विनोद प्रकाश सिंह रहेको वार्तामा सहभागी डा प्रकाश बुढाथोकीले बताए।

माघ २७ गते राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा ट्रमा सेन्टरका एक चिकित्सकलाई सुरक्षाकर्मीले लाठी प्रहार गरेर घाइते बनाएको भन्दै नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकहरूले आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेपछि आज काठमाडौंका ठूला सरकारी अस्पतालको सेवा प्रभावित भइरहेको छ।

समाचार