टर्कीमा भूकम्पबाट भत्किएका भवनकाे निर्माण मापदण्डबारे अनुसन्धान सुरु, सय जना पक्राउ

टर्कीमा भूकम्पबाट भत्किएका भवनको निर्माण मापदण्डबारे अनुसन्धान सुरु भएको छ । भूकम्प प्रतिरोधी र बलिया भनेर निर्माण भएका भवन पनि भत्किएर हजारौँ नागरिकको ज्यान गएपछि सरकारले मापदण्डबारे अनुसन्धान थालेको हो ।

अनुसन्धानका लागि टर्कीको प्रहरीले अहिलेसम्म एक जनाभन्दा धेरैलाई पक्राउ गरेको बीबीसीले जनाएको छ । पक्राउ पर्नेमा भवन डिजाइनर, इन्जिनियर र ठेकेदार रहेका छन् । टर्कीमा विगतका वर्षहरूमा भूकम्प गएपछि सरकारले भवन निर्माणमा कडा नियम लागू गरेको थियो । यसका बाबजुद गएको सोमवारकाे भूकम्पमा हजारौँ भवनहरू ढलेपछि अनुसन्धान थालिएको सरकारले जनाएको छ ।

टर्कीको न्याय मन्त्रालयले भूकम्पबाट सबैभन्दा बढी प्रभावित १० वटा प्रान्तमा भूकम्प अपराध अनुसन्धान विभागहरू गठन गर्न आदेश दिएको छ ।

टर्कीमा गएको सोमवार गएको भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या २८ हजार नाघेको छ । भवनका भग्नावशेष पूर्णरूपमा नहटाइएकाले ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्न सक्ने उद्धार र राहत कार्यमा संलग्न निकायहरूले बताएका छन् । 

राजनीति समाचार