६७ वर्षीया नन्दा पन्तको लैले बरै लैलारे लैलारा… गित,१३ दिनमै भयो हिट

६७ वर्षीया नन्दा पन्तले गाएको ‘लैले बरै’ गीत अहिले सामाजिक संजालमा निकै नै लोकप्रिय भएको छ । लोकभाकाको यो गीतले अहिले धेरैको मन जितेको छ । युट्युबमा मात्रै होइन टिकटकमा पनि यो गीत निकै छाइरहेको छ ।

गोरखा स्थायी घर भएकी नन्दा पन्तको गित गाउने धोकोलाई गायक भुपु पाण्डेले पुरा गरिदिएका हुन् । काठमाडौंको रानीबारीको आफ्नै घरमा बसोबास भएको बेला गायक पाण्डेसँग उनको भेट भएको थियो । उनले पाण्डेसँग गित गाउने इच्छा जाहेर गरेपछी सामान्य खर्चमा नै गित रेकर्ड गरिएको पाण्डे बताउँछन।

‘आमा (नन्दा पन्त)लाई गीत गाउने तीव्र रहर रहेछ । त्यसबेला उहाँले मलाई धेरै किसिमको भाका सुनाउनुभयो । कति पहिले नै अरुका गीतमा आइसकेका हुन्थे । तर यो (लैले बरै) भने मलाई नौलो लाग्यो पाण्डेले भने । गण्डकी, बागमती, लुम्बिनीका पहाडी क्षेत्रको भाका,गीतका एरेन्जर तथा निर्मातासमेत रहेका भूपुले केही नौलो पनि हुन्छ, आमाको पनि रहर पूरा हुन्छ भनेर यत्तिकै यो गीत निर्माण गर्ने सोच बनाएको बताएका छन् ।

गीत हिट भएपछि हाल अष्ट्रेलियामा छोराछोरीसँग रहेकी पन्त पनि औधी खुसी भएकी छन् । ‘आमा गीत हिट भएपछि एकदम खुसी हुनुहुन्छ, बिरामी भइरहनुहुन्छ अहिले खुसी हुनुहुन्छ । उहाँको छोराले पनि फोन गरेर आमाको यस्तो रहर रहेछ हामीलाई थाहा थिएन । तपाईंले पूरा गरिदिनुभयो भनेर भन्नुहुन्छ । बुवा (नन्दाका श्रीमान्)ले पनि फोन गरेर मलाई त कहिल्यै भन्दा पनि भनिनन् भन्नुभयो,’ भूपुले सुनाए ।

१३ दिनअघि ‘भूपु पाण्डे’ युट्बुब च्यानलमा रिलिज भएको गीत अहिले नेपाल ट्रेण्डिङमा समेत परिरहेको छ । गीतका अंशलाई लिएर सामाजिक सञ्जाल टिकटकमा थुप्रै भिडियो बनिरहेका छन् । विशुद्ध ठेट भाकाको गीतमा मौलिक बाजाको प्रयोग गरिएको छ । नन्दा पन्तकै शब्द तथा लय संकलन रहेको गीतको एरेन्जर भूपु पाण्डे हुन् । गीतमा भूपु पाण्डे। रमेश कडरिया, श्याम ढकाल, नरेन्द्र वियोगी, भुवन खत्री, तिलस्मी खड्का र लक्ष्मी कार्कीले कोरस भोकल भरेका छन् । श्रोत : अनलाइन खबर
(गितको भिडियो )

मनोरञ्जन