कथित ‘जनयुद्ध दिवस’ भन्दै मिनेन्द्र रिजालले मागे विश्वप्रकाश र गगनको धारणा

 नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री डाक्र मिनेन्द्र रिजालले संविधान र शान्ति सम्झौताको मर्मविपरीत ‘जनयुद्ध दिवस’ मनाउने सरकारको निर्णयप्रति कांग्रेसको आधिकारिक धारणा माग गरेका छन्।

सरकारको निर्णयबारे प्रश्न उठाउँदै नेता रिजालले कांग्रेस महान्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माका तथा का्रग्रेस प्रवक्ता डाक्टर प्रकाशरण महतको  समेत धारणा माग गरेका हुन्। उनले सरकारको निर्णयलाई वृहत् शान्ति सम्झौता र संविधान विपरीत भनेका छन्।

सामाजिक सञ्जाल फेसबुका लेख्दै रिजालले भनेका छन्– ‘एमालेको दह्रो समर्थनमा बनेको माओवादी नेतृत्वको सरकारले वृहत् शान्ति सम्झौता र नेपालको संविधान तथा यसमा अन्तर्निहित मर्म विपरीत घोषणा गरेको कथित ‘जनयुद्ध दिवस’ बारे हाम्रो दल नेपाली काङ्ग्रेसको आधिकारिक धारणा अहिले कि राष्ट्रपति निर्वाचन पछि? आदरणीय महामन्त्रीद्वय तथा प्रवक्ताज्यू।’

राजनीति समाचार