सिन्धुलीमा ट्र्याक्टरमा मोटरसाइकल ठाेक्किँदा दुई जनाकाे ज्यान गयाे

सिन्धुली – सिन्धुलीमा राेकिराखेकाे ट्र्याक्टरमा मोटरसाइकल ठाेक्किँदा दुई जनाको ज्यान गएकाे छ ।

मदन भण्डारी लोकमार्ग अन्तर्गत मरिण गाउँपालिका-७ महेश्वता क्याम्पस चोक नजिकैको नङगेडी पुलनजिकै रोकी राखिएको ना ३ त १६० नम्बरको ट्र्याक्टरसँग बा ५८प ९०९८ नम्बरको मोटरसाइकल ठोक्किएकाे हाे। 

दुर्घटनामा मरिण गाउँपालिका-४ का ३३ वर्षका जितेन्द्र माझी र त्यही ठाउँका ३२ वर्षका मेषबहादुर माझीको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको प्राथमिक स्वास्थ्य चौकी कपिलाकोटमा उपचारका क्रममा ज्यान गएकाे हाे।

समाज