यस्तो छ आजको मौसम

देशको अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहने छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार उल्लेख्य मौसमी प्रणालीको प्रभाव नरहेकाले तत्काल वर्षा र हिमपातको सम्भावना छैन। 

काठमाडौंसहित बागमती, प्रदेश १, र गण्डकी प्रदेशका केही ठाउँमा मौसम आंशिक बदली रहने मौसमविद् शान्ति कँडेलले जानकारी दिइन्। उनका अनुसार बिहानदेखि नै यी प्रदेशका केही स्थानमा मौसम आंशिक बदली रहेको छ।

मंगलबार बिहान काठमाडौंको न्यूनतम तापक्रम ६.४ डिग्री सेल्सियस मापन भएको महाशाखाले जनाएको छ।

समाज