एकदिवसीय क्रिकेटमा कुशल भुर्तेलकाे पहिलाे शतक

नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर कुशल भुर्तेलले नामिबियासँगकाे खेलमा शतक प्रहार गरेका छन् । 

आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नामिबियासँगकाे खेलमा भुर्तेलले शतक प्रहार गरेका हुन् । एकदिवसीय अन्तर्राष्ट्रियमा भुर्तेलकाे याे पहिलाे शतक हाे । उनले ९९ बलमा ९ चाैका र ४ छक्का प्रहार गर्दै शतक बनाए ।

कुशल एकदिवसीय र टी–२० मा शतक प्रहार गर्ने तेस्राे नेपाली क्रिकेटर पनि बनेका छन् । यसअघि पारस खड्का र दीपेन्द्रसिंह ऐरीले एकदिवसीय र टी–२० दुवै शतक प्रहार गरेका थिए ।

कुशलले २५ एकदिवसीयमा २२ भन्दा धेरैकाे औसतमा ५ सय ४२ रन बनाएका छन् । कुशल अहिले क्रिजमै छन् । नेपालले नामिबियाले दिएकाे २ सय ८६ रनकाे लक्ष्य पछ्याइरहेकाे छ ।

खेलकुद