आत्मनिर्भरको आइपीओ भर्ने आज अन्तिम दिन

 आत्मनिर्भर लघुवित्तको आइपीओ भर्ने फागुन २ गते मंगलबार अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ। कम्पनीले माघ १६ गतेबाट वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आइपीओ बिक्री खुला गरेको छ ।


लघुवित्तले आफ्नो जारी पुँजीको ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५% ले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँको १०% अर्थात् २० हजार ३३८ कित्ता आइपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री खुला गरेको हो ।

यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । आइपीओमा सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

अर्थ