अस्पताल पुगेर देउवाले लिए भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कीर्तिपुर अस्पताल पुगी सांसद चन्द्र भण्डारीको अवस्थाबारे जानकारी लिएका छन्।

बिहीबार बिहान अस्पताल पुगेका देउवाले आगोले जलेर घाइते भएका सांसद भण्डारी र उनकी आमा हरिकलाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।

सांसद भण्डारी र उनकी आमा गएराति खाना पकाउने ग्यास सिलिण्डर विस्फोटबाट घाइते भएका थिए। उनीहरूको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि भारत लैजान चिकित्सकले सिफारिस गरेका छन्।

अहिले भने आईसीयूमा राखेर उनीहरूको उपचार भइरहेको छ।

राजनीति समाचार