नेपाल टेलिकमको पोस्टपेड बिलिङमा समस्या

नेपाल टेलिकमको पोस्टपेड सिमको हिसाब व्यवस्थापन गर्ने प्रणालीमा समस्या आएको छ । यो समस्याका कारण पोस्टपेड ग्राहक प्रभावित भएका छन् । प्रणालीमा आएको समस्याका कारण धेरै प्रयोगकर्ताको रकम काटिने, रिचार्ज गर्दा नदेखिने तथा वान वे बार भइरहेको छ ।

पछिल्लो केही समय सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी टेलिकमका प्रणालीमा एकपछि अर्को गर्दै समस्या देखिन थालेको छ । बुधबारमात्रै कम्पनीको नेटर्वकमा समस्या आउँदा मोबाइल सेवा प्रभावित बनेको थियो । उक्त समस्या समाधान नहुँदै पोस्टपेडको बिलिङ सिस्टममा समस्या देखिएको छ ।

”कम्पनीको पोस्टपेड बिलिङ रनमा समस्या आएको हो,’ कम्पनीका प्रवक्ता शोभन अधिकारीले भने, ‘चाँडो समाधानका लागि प्राविधिक टिम खटिरहेको छ ।’

समाचार