सल्यानमा एक महिला मृत फेला

जिल्लाको बागचौर नगरपालिका १० पिपलनेटामा एक महिला आफ्नै घरमै मृत भेटिएकी छन्। ३५ वर्षीया टीका खड्का आइतबार बिहान घरमै मृत अवस्थामा भेटिएकी हुन्।

शनिबार बेलुकी खाना खाएकी खड्का घरकै भान्साकोठामा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए। मृत्तक खड्काले हिजोदेखि पेट दुख्ने गरेको बताउँदै आइरहेको बुझिएको प्रहरीको भनाइ छ।  माइती पक्षले घटना शंकास्पद रहेको र श्रीमानले हत्या गरेको आरोप लगाएका कारण प्रहरीले मृत खड्काका श्रीमान रमेश खड्कालाई नियन्त्रणमा लिएको छ।

माइती पक्ष आएपछि प्रारम्भिक कार्य पुरा गरी शव पोष्टमार्टमका लागि सल्यान जिल्ला अस्पताल पठाइएको खनालको भनाइ छ । उनका अनुसार रमेशलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको अनुसन्धानपश्चात् मात्र महिलाको के कारण मृत्यु भएको भन्ने खुल्नेछ।

समाज