ताजकिस्तानमा ७.२ म्याग्निच्युडको भूकम्प

 ताजकिस्तानमा ठूलो भूकम्प गएको छ । आज बिहान स्थानीय समयअनुसार ८ बजेर ३७ मिनेट जाँदा ७.२ म्याग्निच्युडको भूकम्प गएको रोयटर्सले जनाएको छ ।


चीनको सीसीटीभीलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार केन्द्रविन्दु चीनको सीमानजिकै रहेको छ । चीनको सीमाभन्दा ८२ किमि टाढा केन्द्रविन्दु भएको हुँदा भूकम्पको धक्का चीनसम्म महसुस भएको थियो ।

समाचार