आज नेप्से दोहोरो अंकले घट्यो

आज (बिहिबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ। आज नेप्से ५७.७४ अंकले घटेर दुई हजार २२.६४ विन्दुमा बन्द भएको हो। हिजो (बिहिबार) भने नेप्से ३३.५७ अंकले बढेर दुई हजार ८०.३८ विन्दुमा बन्द भएको थियो । आज नेप्सेमा दुई अर्ब ५२ करोड २७ लाख बराबरको कारोबार भएको हो ।


आज कारोबार भएका कम्पनीमध्ये १४ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने २०३ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै १ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज २ अर्ब ५२ करोडमाथिको कारोबार हुँदा सर्वाधिक छिमेक लघुवित्तको ८ करोड ७० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।


त्यस्तै, एनआइसी एशिया बैंकको ७ करोड ९६ लाख, हिमालयन डिष्टिलरीको ७ करोड २१ लाख, साना किसान विकास लघुवित्तको ६ करोड ६ लाख र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ६ करोड रुपैयाँमाथिको कारोबार भएको छ।

अर्थ