अखिल नेपाल किसान महासंघ मकवानपुरको पाँचौ जिल्ला अधिवेशन, अध्यक्षमा पुनः दंगाल

हेटौंडा । नेकपा एमाले निकटको अखिल नेपाल किसान महासंघ मकवानपुरको पाँचौ जिल्ला अधिवेशन आज हेटौंडामा भएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा बागमती प्रदेशसभाका सदस्य भारती पाठकको प्रमुख आतिथ्यता तथा महासंघ मकवानपुरका अध्यक्ष बिष्णु दंगालको अध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा एमाले बागमती प्रदेश कमिटीका सदस्य एकराज उप्रेती, एमाले मकवानपुरका उपाध्यक्ष लाल बहादुर थापा, सचिब नविन सिग्देल, सहसचिब हिदम लामा, अखिल नेपाल किसान महासंघ केन्द्रीय दस्य सम्राट तुम्बा हाम्फे, महासंघका जिल्ला इन्चार्ज हरि प्रसाद कडेल लगायतको आतिथ्यता रहेको थियो ।

अधिवेशले विष्णु दंगालको अध्यक्षतामा २५ सदस्य नयाँ कार्यसमिति चयन गरिएको छ । चार वर्षे कार्यकालका लागि उपाध्यक्षमा बिष्णुमणि अधिकारी, सचिबमा शालिकराम बानियाँ, सहसचिबमा सशिन कर्माचार्य, कोषाध्यक्षमा सरस्वती दाहाल लगायतका चयन गरिएको छ ।

समाचार