नेकपा एस निकट अखिलले मकवानपुरमा उम्मेद्वार उठाउने

 नेकपा एकीकृत समाजवादी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) मकवानपुरले आगामी चैत्रमा हुने स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) को चुनावमा जिल्लाका क्याम्पसहरुमा आफ्नो संगठनका तर्फबाट उम्मेद्वार उठाउने भएको छ ।

स्ववियू चुनाव हुने जिल्लाका विभिन्न सात वटा क्याम्पसमा आफ्नो संगठनबाट उम्मेद्वार उठाउने भएको हो । चुनावमा अन्य विद्यार्थी संगठनहरुसंग सहकार्यका अखिलका स्थायी कमिटी सदस्य सुलभ अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिती गरिएको छ ।

मकवानपुरमा मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडा क्याम्पस, पालुङ बहुमुखी क्याम्पस, मनहरी बहुमुखी क्याम्पस, बंशगोपाल बहुमुखी क्याम्पस, निर्मल बहुमुखी क्याम्पस र वनविज्ञान अध्ययन संस्थानमा स्ववियू चुनाव हुँदैछ ।

राजनीति समाचार