आजदेखि हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार सुरू

 हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार आज (शुक्रबार) देखि सुरू भएको छ। राष्ट्र बैंकले फागुन ५ गते शुक्रबार सार्वजनिक सूचना जारी गर्दै हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति (एक्विजिशन) गरी ‘हिमालयन बैंक लिमिटेड’ कायम हुने गरी एकिकृत कारोबार गर्न स्वीकृति दिएको हो ।


दुवै बैंकको पुस २८ गते सम्पन्न साधारण सभाले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए। हिमालयन बैंकले सिभिल बैंकलाई १००:८०.२८ को अनुपातमा प्राप्ति गरेको हो। हिमालयन बैंकको कुनै सेयरधनीसँग १०० कित्ता सेयर छ भने उसको सेयर संख्यामा कुनै परिवर्तन हुने छैन। अब सिभिल बैंकको १०० कित्ता सेयर हुने हरूको घटेर ८०.२८ कित्ता हुनेछ।


यसरी हिमालयन बैंकको १०० कित्ता बराबर सिभिल बैंकको ८०.२८ कित्ता हुने अनुपातमा मर्जर भएको हो। प्राप्ति पछि बन्ने बैंकको रजिष्टर्ड कार्यालय हिमालयन बैंकको रजिष्टर्ड कार्यालय रहेको स्थान काठमाडौं वडा नम्बर २८ कमलादीमा रहने बैंकको भनाइ छ।


हाल हिमालयन बैंकको चुक्ता पुँजी १४ अर्ब तथा सिभिल बैंकको चुक्ता पुँजी ९ अर्ब ७ करोड छ। प्राप्ति पछि बन्ने बैंकको चुक्ता पुँजी २२ अर्ब २४ करोड रुपैयाँ पुग्नेछ।

समाचार