आज सुन–चाँदीको भाउ घट्यो

नेपाली बजारमा शुक्रबार पनि सुन–चाँदीको मूल्य घटेको छ। अघिल्लो दिन बिहीबार प्रतितोला पाँच सय रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला एक सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख दुई हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख एक हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ।


बिहीबार छापावाल सुन प्रतितोला एक लाख दुई हजार पाँच रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख दुई हजार रुपैयाँमा कारोबार भएको थियो।


त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १० रुपैयाँ घटेको हो।

अर्थ