एमालेको उम्मेदवार नै राष्ट्रपति हुन्छ : अध्यक्ष ओली

 नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति एमालेको उम्मेदवार नै हुने दाबी गरेका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकबाट बाहिरिने क्रममा संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

अध्यक्ष ओलीले राष्ट्रपति एमालेको हुनेकुरा पुस १० गते नै भनिसकेको उल्लेख गरे । उनले पछिल्लो घटनाक्रमबारे आफूलाई थाहा नभएको बताए ।

ओलीले भने, ‘राष्ट्रपतिमा एमालेको उम्मेदवार पक्का छ । भोलि मनोनयन दर्ता गर्छ । अन्त कहाँ के भइरहेको छ मलाई थाहा छैन ।’

राजनीति समाचार