छेपारो र प्रचण्डबीच रंग फेर्ने प्रतियोगिता भए प्रचण्डले जित्ने:बास्कोटा

नेकपा एमालेका नेता गोकुल बास्कोटाले छेपारो र प्रचण्डबीच रंग फेर्ने प्रतियोगिता भए प्रचण्डले जित्ने टिप्पणी गरेका छन्।

माओवादी केन्द्रसहितका दलले कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेसँगै बास्कोटाले शुक्रबार ट्वीटमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई व्यंग्य गरेका हुन्। उनले उग्रपन्थीको अन्तिम बिसौनी दक्षिणपन्थी अवसरवाद नै भएको तर्क गरेका छन्।

उनले वामपन्थी सहकार्य समाप्त भएको टिप्पणी गरेका छन्। माओवादीसँगको सहकार्यमा पहिलेदेिख नै उत्साह र आशा दुवै नभएको भन्दै बास्कोटाले एमाले निराश हुनुपर्ने कारण नभएको भन्दै आफ्नै लयमा अघि बढ्नुपर्ने बताएका छन्।

हेर्नुहोस् उनको ट्वीट–

उहिल्यै भन्देको हो-छेपारो र प्रचण्डबीच रंग फेर प्रतियोगीता भए पनि छेपारो नै हार्छ।उग्रपन्थीको अन्तिम बिसौनी दक्षिणपन्थी अवसरवाद नै हुन्छ।अब सरकारमा कथित बामपन्थी सहकार्य समाप्त भयो।एमाले आफ्नै लयमा अघि बढ्नु पर्छ।उत्साह र आशा दुबै थिएन न त एमाले निराश हुनु पर्ने कारण छ।— Gokul Prasad Baskota (@GokulPBaskota) February 24, 2023

राजनीति समाचार