राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौँ महाधिवेशन सुरु

 राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौँ महाधिवेशन धादिङबेसीमा सुरु भएको छ। 

महाधिवेशनले आउँदाे तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गर्नेछ । महाधिवेशनमा संस्थाको आउँदाे कार्यकालका लागि अध्यक्षमा गायिका रीता थापा मगर र गायक पशुपति शर्मा अध्यक्षका आकाङ्क्षी देखिनुभएको छ ।

बयालीस हजारभन्दा धेरै सदस्य भए पनि एक हजारभन्दा बढी प्रतिनिधि कार्यक्रममा सहभागी रहेका प्रतिष्ठानले जनाएको छ । महाधिवेशन भाेलि आइतवार समापन हुनेछ।

मनोरञ्जन