मकवानपुरको विकट गाउँका विद्यार्थीलाई रोटरीको ट्र्याक सुट र शैक्षिक सामाग्री सहयोग

मकवानपुर । रोटरी क्लब अफ मकवनपुरले जिल्लाको विकट कैलाश गाउँपालिका-९ घैराङ्ग स्थित जीवन ज्योति प्राथमिक विद्यालयका १ सय २३ जना विद्यार्थीहरुलाई लताकपडा  (ट्र्याक सुट) तथा शैक्षिक सामाग्री सहयोग गरेको छ ।

शनिबार दिउँसो करिब तीन घण्टाको कठिन पैदल यात्रा गर्दै घैराङ्ग स्थित विद्यालय पुगेर शैक्षिक सामाग्री सहयोग गरिएको रोटरी मकवानपुरका कृष्ण बहादुर कार्कीले जानकारी दिए ।

रोटरीले कक्षा १ देखि ५ सम्मका १२३ जना विद्यार्थीहरुलाई लत्ताकपडा (ट्र्याक सुट), झोला, किताब, पेन्सिल लगायतका स्टेस्नरी सामाग्री हस्तान्तरण गरिएको उनले बताए । उनले ३२ वर्ष अगाडि पुग्दा घैराङ्ग गाउँको अवस्था जस्तो थियो अहिले सम्म पनि उस्स्तै पाइएको र कुनै सुधार हुन नसकेको भन्दै गाउँपालिकालाई परिवर्तन गर्नको लागि आगामी दिनमा पनि सहकार्य गर्ने बताए ।

No description available.

कार्यक्रममा बोल्दै वडा अध्यक्ष भुवन सिंह घलानले भूगोलको हिसाबले एउटा भेगनै छुट्टिएर बसेको र पछाडी परेको यो गाउँ र विद्यालयलाई सहयोग गरेकोमा रोटरी क्लबलाई धन्यवाद दिए । उनले आगामी दिनमा पनि पिछडिएको यस घैराङ्ग गाउँमा भौतिक विकासमा पनि सहयोगको लागि अपेक्षा रहेको बताए ।

यसैगरी विद्यालयको प्रधानाध्यापक सिताराम रुम्बाले शिक्षा छेत्रमा पछाडि परेको यस विद्यालयलाई सहयोग गर्न प्रस्ताव राखेको एक हप्तामै घण्टौ हिँडेर सहयोगको लागि आइपुगेको धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगको अपेक्षा रहेको बताए ।

विश्व सिंह रुम्बाको संयोजकत्वमा भएको कार्यक्रममा १ लाख तीस हजार बराबरको लत्ताकपडा र शैक्षिक सामाग्री हस्तान्तरण गरिएको बताइएको छ ।

समाचार