कोटेश्वरमा गाडीकाे ठक्करबाट एक महिलाकाे ज्यान गयाे

 काठमाण्डौको कोटेश्वरमा गएराति भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

गएराति पौने १२ बजे नम्बर नखुलेको गाडीको ठक्करबाट अन्दाजी ३५ वर्षकी एक महिलाको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उहाँको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा गएराति सवा १२ बजे ज्यान गएको हो। 

समाज