यू-१९ विश्वकप एशिया छनोट : जितका लागि नेपालले पायो १२१ रनको लक्ष्य

१९ वर्षमुनिको आइसिसी विश्वकप एशिया छनोटमा नेपालले हङकङविरुद्ध जितका लागि १२१ रनको लक्ष्य पाएको छ।

युएईमा टस जितेर पहिले ब्याटिङ थालेको हङकङ ४६ दशमलव ३ ओभरमा अल आउट हुँदै १२० रनमै समेटियो। हङकङका पार्थ भागवतले ३६ तथा मोहम्मद अलियान जाहिरले २९ रन जोडेबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बलिङतर्फ नेपालका हेमन्त धामीले ३ तथा आकाश चन्द र सुभाष भण्डारीले २/२ विकेट लिए।

अहिले नेपालले ब्याटिङ गरिरहेको छ। नेपालले ३ ओभर चलिरहँदा कुनै विकेट नगुमाइ ११ रन बनाएको छ। नेपालका लागि आकाश त्रिपाठी र अर्जुन कुमालले पालीको शुरुवात गरेका हुन्।

खेलकुद