भारतीय फिल्म निर्देशक जोसफको मृत्यु

दक्षिण भारतीय फिल्म निर्देशक जोसफ मनु जेम्सको मृत्यु भएको छ। ३१ वर्षिय जोसफको आइतबार मृत्यु भएको हो। उनलाई निमोनिया भएपछि राजगिरी अस्पतालमा भर्ना गरिएको थियो। केही समय उपचार गरेपछि डाक्टरले उनलाई मृतक घोषित गरेका थिए।


उनले निर्देशन गरेको पहिलो फिल्म ‘नैन्सी रानी’ छिट्टै बक्स अफिसमा प्रदर्शन हुँदैछ। यस फिल्मको पोस्ट-प्रोडक्सनको काम भइरहेको छ। फिल्ममा अहाना कृष्णा कुमार, अर्जुन अशोकन, अजु वर्गीजलगायत कलाकारको अभिनय छ।

समाज