हेटौंडा-काठमाडौं जोड्ने कान्तिलोकपथ पूर्णरुपमा बन्द हुने, यी रुट प्रयोग गर्नुपर्ने

मकवानपुर । हेटौंडा-काठमाडौं जोड्ने कान्तिलोकपथ पूर्णरुपमा बन्द हुने भएको छ ।

सोमबार जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको अध्यक्षतामा बसेको बैठकले कान्तिलोकपथ मर्मत सम्भारका लागि १८ फागुनदेखि १० चैत सम्म पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो ।

सडक मर्मत तथा सुधारका लागि कान्तिलोकपथ पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

कान्तिलोकपथ बन्द हुने भएपछि हेटौंडाबाट काठमाडौं जानका लागि हेटौंडा-भीमफेदी-कुलेखानी-सिस्नेरी-दक्षिणकाली रूटमा एकतर्फी यातायात सेवा सञ्चालन गरिने भएको छ भने काठमाडौंबाट हेटौंडा आउनका लागि थानकोट-चित्लाङ-मार्खु (कुलेखानी)-भीमफेदी रूट हुँदै एकतर्फी यातायात सेवा सञ्चालन गरिने निर्णय भएको कार्यालयले जनाएको छ ।

समाचार