प्रदेश १ को नाम सकस : विराटनगरमा निषेधित क्षेत्र घोषणा

विराटनगर : जिल्ला प्रशासन कार्यलय मोरङले विराटनगरका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ।

प्रदेशसभामा नामकरण प्रस्ताव दर्ता हुने प्रक्रियामा रहेको बेला बुधबार ३ बजेदेखि अर्को सूचना जारी नगर्दासम्म सभा, विरोध र जुलुस गर्न निश्चित क्षेत्रमा निषेधको सूचना जारी गरिएको हो।

प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईद्वारा हस्ताक्षरित सूचनामा प्रदेशसभा भवनको आसपास अस्पतालचौकदेखि देवकोटा चौकसम्म, जिल्ला प्रशासन कार्यलय परिसर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय तथा मन्त्री निवास आसपास सभा, सम्मेलन, विरोध धर्ना र जुलुश गर्न निषेध गरिएको हो।

प्रदेश - १ प्रदेश समाचार राजनीति